एमालेले विजयी संख्या बढाउँदै, इलाम नगरपालिकामा पनि एमाले विजयी

इलाम, असार १९ ।
नेकपा (एमाले)ले आफ्नो विजयी संख्या थप बढाउँदै लगेको छ । योसँगै नेपालकै सबैभन्दा पुरानो नगरपालिकाका रूपमा रहेको इलाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा पनि नेकपा (एमाले) विजयी प्राप्त गरेको छ ।
प्रमुख महेश बस्नेतले ११ हजार ३३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिमालय कर्माचार्यले नौ हजार दुई सय ६८ मत प्राप्त गरे । त्यसैगरी, उपाध्यक्षमा एमालेकै सुशीला नेम्वाङले १० हजार नौ सय ४६ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्दा कार्कीले नौ हजार दुई सय ५४ मत प्राप्त गरिन् ।
१२ वडामध्ये वडा नं. १, २, ५, ६, ९ र १० एमाले विजयी भएका छन् भने वडा नं. ३, ४, ११ र १२ मा कांग्रेसले विजयी प्राप्त गरेका छन् । त्यस्तै वडा नं. ७ र ८ को वडाध्यक्ष कांग्रेसले र अन्य सदस्यमा एमालेले जित हासिल गरेको छ ।
नगरपालिका प्रमुख बस्नेत २०५४ सालको स्थानीय निकाय निर्वाचनमा पनि इलाम नगरपालिकाको नगर प्रमुखमा विजयी भएका थिए । वि.सं. २०४२ सालको पञ्चायतकालीन स्थानीय चुनावमा निर्वाचित भई प्रधानपञ्च बनेका र २०५४ सालको स्थानीय निकाय निर्वाचनमा कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवार बनि बस्नेतसँगै ७३ मतले पराजित बनेका कर्माचार्यले २० वर्षपछि पनि भेट हुँदा ठूलो मतान्तरले पराजित भएका छन् ।
प्रतिक्रिया