माई नगरपालिका र दाङको बबईमा पनि एमाले विजयी

काठमाडौं, असार २० ।
दोश्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत एमालेले माई नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा पनि नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
नगरपालिकाको प्रमुखमा एमालेका दीपककुमार थेबे छ हजार ७७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमकुमार कार्कीले चार हजार पाँच सय २६ मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेकै बिष्णुमाया आचार्य पाँच हजार आठ सय ९६ मत प्राप्त गरी विजयी भएकी छन् भने उपप्रमुखमा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चन्द्रमाया लिम्बुले चार हजार छ सय ८३ मत प्राप्त गरिन् ।
यसैबीच, इलामका १० स्थानीय निकायमध्ये इलाम, देउमाई नगरपालिका, सन्दकपुर, माई जोगमाई, चुलाचुली गाउँपालिका प्रमुख तथा उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ भने फाकफोकथुम, माङ्सेबुङ र रोङ गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको छ । सूर्याेदय नगरपालिकामा भने अझै परिणाम आउन सकेको छैन ।
त्यसैगरी, दाङको बबई गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का भुवनेश्वर पौडेल चार हजार दुई सय ७१ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका कुलबहादुर केसीले तीन हजार नौ सय ५९ मत प्राप्त गरेका छन् ।
यसैबीच, उपाध्यक्षमा एमालेकै साबित्रा विश्वकर्माले चार हजार चार सय १० मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी देवकुमारी केसीले तीन हजार नौ सय ३५ मत ल्याउनुभएको निर्वाचन अधिकृत बाबुराम गौतमले जानकारी दिए ।
१६ हजार ८७ मतदाता रहेको बबई गाउँपालिकामा ११ हजार नौ सय आठ मत खसेको थियो ।
प्रतिक्रिया