दोश्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत दुई सय असी तहको मत परिणाम सार्वजनिक, अग्रतामा एमाले

प्रकाशित मिति: २० असार २०७४, मंगलवार ०९:४४


काठमाडौं, असार २० ।
स्थानीय तहको दोश्रो चरणको चुनाव भएका ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमध्ये अहिलेसम्म दुई सय ८० तहको मत परिणाम सार्वजनिक भएको छ ।

चुनावी नतिजामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेसँगै उसले अहिलेसम्म एक सय २० स्थानीय तहमा विजयी प्राप्त गरिसकेको छ ।

एमालेलाई पछ्याउँदै गरेको नेपाली कांग्रेसले एक सय आठ स्थानीय तहमा जित हात पारेको छ भने नेकपा माओवादी केन्द्रले ३५ स्थानीय तहमा विजयी प्राप्त गरेको छ ।

यसैगरी, संघीय समाजवादी फोरमले छ सिट जितेको छ भने फोरम लोकतान्त्रिकले पाँच सिट जितेको छ ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन र राष्ट्रिय जनमोर्चा दुई र एक स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....