नेपाली कांग्रेसका उम्मेदवार मेयरमा पराजित भएपछि राजीनामा

लुम्बिनी, असार २० ।
नेपाली कांग्रेसका तर्फबाट रुपन्देहीको सैनामैना नगरपालिकाका मेयरका उम्मेदवार फणीन्द्रप्रसाद शर्माले मेयरमा पराजित भएपछि जिल्ला सदस्यबाट नैतिकताका आधारमा राजीनामा दिएका छन् ।
आज विज्ञप्ति जारी गर्दै उनले कांग्रेस केन्द्रीय समितिले सैनामैनाको मेयरको उम्मेदवार बनाएकामा आभार प्रकट गर्दै राजीनामा दिएको उल्लेख गरेको छ ।
उनले लेखेको विज्ञप्तिअनुसार ‘मेरो नेतृत्वमा चुनाव लड्दा मसहित धेरै साथीहरूले सफलता प्राप्त गर्न नसकेको हुँदा नैतिकताका आधारमा जिल्ला कार्य समितिबाट राजीनामा दिएको छु । आगामी दिनमा नेपाली कांग्रेसका आदर्श राष्ट्रियता, समाजवाद र लोकतन्त्रका लागि लडिरहने छु ।’
उनले अबको समय निष्ठावान रहेर तर काग्रेसको नीतिबाट कहिल्यै विचलित नहुनेसमेत उल्लेख गरेको छ । सैनामैनामा नगरपालिकाको मेयरमा नेकपा (एमाले)का चित्रबहादुर कार्की १३ हजार ३६ र शर्माले १० हजार तीन सय पाँच मत प्राप्त गरेको थियो ।
प्रतिक्रिया