एमालेलाई झापामा भाग्यले साथ दिएपछि…

प्रकाशित मिति: २० असार २०७४, मंगलवार १८:४४


झापा, असार २० ।
नेपालीमा एउटा चर्चित उखान टुक्का छ ‘भाग्यमानीको भुतै कमारो’ । यस्तै भएको छ नेकपा एमालेलाई झापामा । झापामा गोलाप्रथाबाट एमालेको भाग्य चम्केको छ । यसअघि सबै गोलाप्रथामा पराजय भोगेको एमालेले झापाको कमल गाउँपालिकाको अध्यक्षमा भने ‘गोलाप्रथा’ बाट विजयी प्राप्त गर्न सफल भएको छ ।

नेकपा एमालेकी मेनुका काफ्ले गोलाप्रथाबाट विजयी भएकी छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हुकुमसिंह राईलाई पराजित गरेकी हुन् ।

काफ्ले र राईले समान ८ हजार दुई सय ७५ मत प्राप्त गरेका थिए । बराबर मत भएपछि अन्तिम निर्णय गोलाप्रथाबाट गरिएको थियो । काफ्लेको विजयीसँगै कमल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेले विजयी प्राप्त गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....