ओस्कर अवार्डको निमन्त्रणामा शाहरुख खानको नाम छुट्यो

काठमाडौं, असार २१ ।
हालैमा ओस्कर एकेडेमीले प्रियंका चोपडा, सलमान खान, अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र इरफान खान अनि दिपिका पादुकोणलाई निमन्त्रणा पठाएको घोषणा सार्वजनिक गरेको छ । त्यसैकारण यी बलिउड सेलिब्रेटीहरूका फ्यानहरू अहिले निकै खुसी छन् ।
तर अचम्मको कुरा के छ भने यस सूचीमा बलिउडका किङ खान शाहरूख खानलाई भने बोलाइएको छैन् । यस कुराले अहिले उनका फ्यानहरूमा धेरै विवाद उपन्न भएको छ ।
ओस्करको यस्तो निर्णयप्रति उनका फ्यानहरू निकै निराश अनि आक्रोशित पनि छन् । अनेकौँ प्रतिक्रियाहरू र विवादको सामना गर्नुपरेपछि आखिरमा ओस्करले यसको जवाफ दिएको हो ।
यसको स्पष्टिकरण दिँदै ओस्कर एकेडेमी अवार्डसले भनेको छ अस्करको सदस्यता हासिल गर्नका लागि कलाकारहरूले थिएट्रिकल मोसन पिक्चर्सको क्षेत्रमा असाधारण उपलब्धी हासिल गरेको हुनुपर्नेछ । तर ओस्करको यस्तो स्पष्टिकरणले फ्यानहरू झनै अक्रोशित भएका छन् किनकी शाहरुखले आफ्नो करिअर थिएटरबाटै सुरु गरेका थिए ।
त्यसैले अहिले यस कुरामा सामाजिक सञ्जालहरूमा ठूलै विवाद चलिरहेको छ । शाहरुख आफैँले भने यसबारेमा केहि पनि बोलेका छैनन् ।
प्रतिक्रिया