सुनचाँदी काराेबारकाे पहिलाे दिन सुन र चाँदीकाे मूल्य घट्याे

काठमाडाैं, चैत २४ ।
सुनचाँदी काराेबारकाे पहिलाे दिन आज आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ । आज सुनमा प्रति तोला १ हजार ९ सय रुपैयाँले घटेको छ ।
यसअघि, शुक्रबार ३ हजार ९ सय घटेको थियो । अघिल्लो दिन प्रति तोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७४ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएकाे छ ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रति तोला ७० रुपैयाँले घटेको छ । अघिल्लो दिनसम्म चाँदी प्रति तोला १ हजार ८ सय ७० मा कारोबार भएको चाँदी आज १ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
प्रतिक्रिया