तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने : उपाध्यक्ष रावल

काठमाडौं, असार २२ ।
नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले तेश्रो चरणअन्र्तगत प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा पनि आफ्नो पार्टी एमाले पहिलो पार्टी बन्ने दावी गरेका छन् ।
आज आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा उनले जनमत एमालेको पक्षमा देखिएपछि सत्तारूढ दलले प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन पछि सार्दै लगेको आरोप लगाए ।
उपाध्यक्ष रावलले व्यवस्थापिका–संसद्मा सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्ताव राष्ट्रको हितमा नरहेकाले आफ्नो पार्टीले सो प्रस्तावलाई सहयोग नगरेको उल्लेख गर्दै जनताको भावनालाई सम्बोधन गर्ने गरी समय सापेक्ष हुने संविधान संशोधनमा आफ्नो पार्टी सकारात्मक रहेको बताए ।
ओली नेतृत्वको सरकारले विगतमा संविधान संशोधन गरेको थियो, त्यसैले हामी संशोधनका विरोधी हौइनौँ, मधेसमा एमालेलाई मधेस विरोधी भनेर जसरी चित्रण गरिएको छ, त्यसलाई मधेसका जनताले राम्रोसँग बुझेका छन्, उनले भने ‘निर्धारित समयभित्र प्रादेशिक र केन्द्रीय चुनाव सम्पन्न गर्न सरकारले निर्वाचनसम्बन्धी आवश्यक कानुनी व्यवस्था गर्न सक्नु पर्दछ ।’
प्रतिक्रिया