उपनेता नेम्वाङको भनाई ‘संविधान कार्यान्वयनको ठोस आधार तयार’

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार ०६:२५


इलाम, असार २३ ।
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले स्थानीय तहको निर्वाचनले संविधानको ठोस कार्यान्वयनका लागि आधार तयार गरेको धारणा व्यक्त गरेका छन् ।

इलाम नगरपालिकामा आयोजित नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको सपथ ग्रहण समारोहमा बोल्दै उनले तोकिएकै समयमा प्रदेश नं. २ को पनि निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोडसमेत दिए ।

पूर्वसभामुखसमेत रहनुभएका नेता नेम्वाङले संविधानले तोकेको समय सीमाभित्रै निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयन गर्नुपर्ने बताए ।

मुख्य निर्वाचन अधिकृत नवराज दाहालले इलाम नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्षलाई विहीबार पद तथा गोपनियताको सपथ गराएका थिए । सपथ ग्रहणपश्चात प्रमुख, उपप्रमुख तथा वडाध्यक्षले पदभारसमेत ग्रहण गरेका छन् ।

वडा सदस्यलाई नगर प्रमुख महेश बस्नेतले सपथ गराएका हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....