एमालेलाई बिहानै इटहरी नगरपालिकाबाट खुसीको खबर, मेयर–उपमेयर एमालेको कब्जा

इटहरी, असार २३ ।
दोश्रो चरणको मतपरिणाम सार्वजनिक हुने क्रम करिब–करिब अन्तिम चरणमा आइपुग्दा दलका नेता तथा कार्यकर्ताहरूमा थप उत्सुकता बढ्दै गएको छ ।
यसैबीच, इटहरी उपमहानगरपालिकाबाट नेकपा एमालेलाई बिहान–बिहानै खुसीको खबर सुन्न पाउँदा नेता तथा कार्यकर्ताहरूमाझ खुसी भएका छन् । कारण थियो, एमालेका द्वारिकलाल चौधरी मेयर र उपमेयरमा लक्ष्मी गौतम विजयी भएसँगै खुसीको सीमा बढ्दै गएको हो । आज बिहान ५ बजे सम्पन्न भएको मतपरिणामअनुसार मेयरमा निर्वाचित चौधरीले २२ हजार छ सय ८९ मत ल्याएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहितकुमार प्रसाईंले १९ हजार नौ सय ८५ मत ल्याए ।
यसैगरी, उपमेयरमा निर्वाचित गौतमले २१ हजार आठ सय ४२ मत ल्याएर बिजयी भएकी थिइन् भने गौतमकी निकटम प्रतिद्वन्द्वी कांग्रेसकी बिमला ढकालले १८ हजार तीन सय ५२ मत ल्याएकी थिइन् ।
प्रतिक्रिया