प्रदेश सभाको निर्वाचन असोज ३० मा गराउन सरकारलाई दवाव

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार १२:४५


काठमाडौं, असार २३ ।
निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन आगामी असोज ३० गते सोमबार गर्ने गरी निर्वाचनको मिति र कार्यक्रम नेपाल सरकारसमक्ष प्रस्ताव गरेको छ ।

निर्वाचन आयोगले असार मसान्तभित्र प्रदेश सभा र प्रतिनिधिसभा सदस्य ऐन आयोगमा आउनुपर्ने दवाव पनि सरकारलाई दिएको छ ।

निर्वाचन आयोगमा बिहीबार साँझ प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवसहित आयोगका पदाधिकारी र कानुन सचिव कमल शाली घिमिरे तथा गृह मन्त्रालयका प्रतिनिधिसहितको बैठकमा आयोगले यस्तो प्रस्ताव गरेको हो ।

उक्त बैठकमा प्रमुख आयुक्त यादवले संविधानअनुसार माघभित्र प्रदेश सभा, राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नैपर्ने संवैधानिक व्यवस्था भएकाले असार मसान्तभित्र प्रदेश सभा र प्रतिनिधि सभा सदस्य ऐन आयोगलाई चाहिने बताएका थिए ।
आजको गोरखापत्रमा यो समाचार छापिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....