प्रधानमन्त्री तथा गृहमन्त्रीद्वारा सप्तरीको बाढीग्रस्त क्षेत्रको निरीक्षण

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार १३:२१


राजविराज, असार २३।
प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्माले आज सप्तरी जिल्लाका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

एक हप्ता अगाडि आएको बाढीबाट प्रभावित ग्रामीण क्षेत्रका पीडित परिवारसँग उनीहरूले प्रत्यक्ष भेटघाट पनि गरेका छन् ।

सप्तरीको तिरौता गाउँपालिकाअन्तर्गत मैना करेडोलगायतका ग्रामीण क्षेत्रमा महुली खोलाले गरेको कटान र डुबानका बारेमा उनीहरूले जानकारी पनि लिएका थिए ।

एक हप्ता अगाडि खाडो, जातो र मौली नदीमा आएका बाढीले त्यहाँको बाँध भत्काउनाका साथै सप्तरीका एक दर्जन गाउँ डुबानमा पारेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....