‘एमालेसँग अब आफु खुला दिलले संविधान संशोधनको बारेमा बहस गर्ने’ : नेता पौडेल

काठमाडौं, असार २३ ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आज बसेको व्यवस्थापिका संसद् बैठकमा विशेष समयको प्रारम्भमै रामचन्द्र पौडेलले आफ्नो मन्तव्यमा देशको पछिल्लो स्थितिबारे मुद्दा उठाएका छन् ।
स्थानीय तहको निर्वाचनमा अत्याधिक पैसाको चलखेल भएको र यस्तै प्रवृत्ति जारी रहे लोकतन्त्र नै घातक हुने बताएका छन् ।
पौडेलले नेकपा एमालेसँग अब आफुहरूले खुल्ला दिलले संविधान संशोधनको बारेमा बहस गर्ने नयाँ प्रस्ताव समेत राखेका छन् भने राष्ट्रिय जनता पार्टीसँग पनि खुल्लमखुला बहस गर्नुपर्ने कुरामा जोड दिए ।
प्रतिक्रिया