त्रिभुवन विमानस्थलको सिस्टम डाउनले बनायो भद्रगोल, महत्वपूर्ण काममा तगारो

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार १६:३२


काठमाडौं, असार २३ ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिनभरजसो त्यहाँको सिस्टममा अचानक समस्या उत्पन्न भएपछि भद्रगोलको अवस्था पैदा भएको छ ।

आज बिहानबाट एकाएक इन्टरनेटमा खराबी आएपछि विमानस्थलमा रहेका करिब ११ वटा मेसिनसमेत ठप्प भएको छ भने सबै काममा कर्मचारीहरूले हस्तलिखित गरेका थिए ।

सफ्टवेयर नचल्दा विदेशबाट आउने तथा जानेहरूको चेकजाँच, उनीहरूका सामानको चेकजाँच, भिसा इन्ट्रीलगायतका महत्वपूर्ण काममा बाधा पुग्नुका साथै ढिलासुस्ती र अत्याधिक भिडभाडसमेत भएको थियो ।

सफ्टवेयर नचल्दा आज विमानस्थलबाट को आए र को गए भन्ने रेकर्डसमेत सिस्टम बाहिरै रहन पुगेको थियो । विहीबार मात्रै गृहमन्त्री जनार्दन शर्माले विमानस्थलको अध्यागमन विभागलगायतका क्षेत्रको छड्के अनुगमन गरेका थिए । विमानस्थलमा हुने लापर्बाही र कर्मचारीको बद्मासी धेरै हुने गरेको गुनासो आएपछि गृहमन्त्री शर्माले आकस्मिक अनुगमन गर्दै कर्मचारीहरूलाई आवश्यक निर्देशनसमेत दिएका थिए । तर, गृहमन्त्रीले अनुगमन गरेको भोलिपल्टबाटै विमानस्थलमा सिस्टम नै भद्रगोल हुने गरी सफ्टवेयर नचल्दासमेत टीआईएले त्यसको समाधान नखोजेको सेवाग्राहीले गुनासो गरेका छन् ।

विमानस्थलका प्रमुख होमनाथ थपलियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापकीय कमजोरीका कारण सिस्टममा गडबडी आएको बताए । उनले सफ्टवेयर नचल्दा सबै काम ‘मेनुअल्ली’ गर्नुपरेको भन्दै टीआईएलाई जानकारी गराइसकेको र उसले मर्मत भइरहेको जवाफ दिए पनि कहिलेसम्म बन्छ भन्ने सप्ष्ट नभएको बताए ।

श्रोतकाअनुसार विमानस्थलका उच्च कर्मचारीकै सेटिङमा विमानस्थलमा यात्रुहरूको लगेज ब्याग जस्ता सामान हराउने, यात्रुलाई दुःख दिने जस्ता कामहरू हुने गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....