राजपाद्वारा चुनावमा सहभागी नहुने भन्दै निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं, असार २३ ।
छ वटा मधेशी दललाई एउटै दल बनाएर उडाएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
दल दर्ता क्रमसंख्या ८,३६६ रहेको राजपाले दल दर्ता गरे तापनि चुनावमा जाने कुरामा भने आफूहरूको माग सम्बोधन नभएसम्म सहभागिता नजनाउने कुरालाई दोहोर्याएका छन् ।
यसअघि, दल दर्तालाई लिएर पार्टीभित्र विवादसमेत श्रृजना हुँदा फूटको संघारको संकेत देखिएको थियो ।
राजपाले यसरी दल दर्ता गराएपछि चुनावमा जाने कुरामा उनीहरू सकारात्मक देखिएको केही विश्लेषकहरूको भनाई रहेको छ ।