प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल र राजपा नेताबीच वार्ता

काठमाडौं, असार २३ ।
प्रधानमन्त्रीसहित सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा)का नेताबीच बालुवाटारमा छलफल हुँदैछ ।
संविधान संशोधनलगायतका पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ताका लागि बोलाएका हुन् ।
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन बहिष्कार गरेको राजपाले आफ्ना मागको सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।
पछिल्ला केही दिन यता प्रधानमन्त्री देउवाले राजपाका शीर्ष नेताहरूसँग एक्लै वार्ता गर्दै आए ता पनि सत्तारुढ दलका शीर्ष नेता र राजपाका नेताहरूको सहभागितामा बैठक बसेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया