संविधान संशोधन प्रक्रिया अघि बढाउनेमा दलहरू सहमति

प्रकाशित मिति: २४ असार २०७४, शनिबार ०६:३९


काठमाडौं, असार २४ ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान संशोधन प्रक्रिया अघि बढाउने कुरामा सहमति भएका छन् ।

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुबै पक्षका शीर्ष नेताको बैठकले संविधान संशोधन प्रक्रिया यथाशीघ्र अघि बढाउन अन्य दलसँग पनि वार्ता र छलफल गर्ने सहमति गरेको हो ।

बैठकमा राजपा नेपाल र सरकारबीच भएको तीन बुँदे सहमतिअनुसार तराई–मधेश आन्दोलनका क्रममा लागेको मुद्दा फिर्ता गर्ने, संविधान संशोधन प्रस्ताव पारित गर्नेलगायतका काम सत्ता पक्षले चाँडै गर्ने आश्वासन दिएको राजपा नेपालको अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन् ।

पहिले पनि सरकारबाट आश्वासन पाएको स्मरण गर्दै अध्यक्ष ठाकुरले सहमतिअनुसारका माग पूरा भए आगामी असोज २ गते हुने निर्धारित स्थानीय तहको तेश्रो चरणको निर्वाचनमा आफ्नो पार्टी सहभागी हुने बताउँदै संशोधन प्रस्ताव पारित गर्न सबै दलले आ–आफ्नातर्फबाट प्रयास गर्ने सहमति भएको उनको भनाई थियो ।

बैठकमा स्थानीय तहको तेश्रो चरणको र बाँकी प्रदेश सभा र सङ्घको निर्वाचन निर्धारित समयमै गर्ने बारेमा छलफल भएको थियो । सबै प्रकारका निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक राजनीतिक वातावरण बनाउन छलफल भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....