मेचीनगरको मेयरमा कांग्रेस उपमेयरमा एमाले विजयी

झापा, असार २४ ।
जारी रहेको दोश्रो चरणको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुग्दै गर्दा पछिल्लो मतपरिणामअनुसार झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका बिमल आचार्य २० हजार सात सय ७६ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बिष्णु प्रसाईंले १९ हजार चार सय २२ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका हंशलाल राजवंशीले सात हजार छ सय ९४ मत ल्याएर तेश्रो स्थानमा रहेको छ ।
यसैगरी, उपमेयरमा नेकपा एमालेकी मीना पोखरेल उप्रेती विजयी हुन सफल भएकी छन् । उनले १९ हजार नौ सय ९४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी दुर्गा खतिवडाले १९ हजार ७७ मत प्राप्त गरेकी छन् । त्यस्तै माओवादी केन्द्रकी उपमेयरका उम्मेदवार इन्दिरा कार्कीले सात हजार छ सय ६८ मत ल्याएर तेश्रो स्थानमा रहेकी छन् ।
प्रतिक्रिया