विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै

विराटनगर, असार २४ ।
विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली कांग्रेसका प्रमुख र उप–प्रमुख पदका उम्मेदवारको अग्रता कायमै रहेको छ ।
नेपाली कांग्रेसका भीम पराजुलीले १८ हजार तीन सय पाँच मत, नेकपा (एमाले)का विनोद ढकालले १३ हजार तीन सय ६४ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १२ हजार चार सय १७ मत ल्याएका छन् ।
यस्तै, उप–प्रमुखमा नेपाली कांग्रेसकी इन्दिरा कार्कीको १५ हजार नौ सय ४८ मत, नेकपा (माओवादी केन्द्र) की नमिता न्यौपानेको नौ हजार छ सय ७९ मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीको आठ हजार दुई सय ८४ मत प्राप्त गरेको जनाएको छ ।
प्रतिक्रिया