टुनिबोटनजिक बस दुर्घटना हुँदा एकको मृत्यु, बीस घाइते

प्रकाशित मिति: २५ असार २०७४, आईतवार १०:३९


दाङ, असार २५ ।
दाङबाट सल्यानतर्फ जाँदै गरेको ना. ४ ख ५७५४ नम्बरको बस अाज दुर्घटना भएको छ ।

सल्यानको टुनिबोटनजिक भएको उक्त दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

दुर्घटना भएको उक्त बसमा २४ जना यात्रु सवार रहेको जनाइएको छ । दुर्घटनामा परी घाइते हुनेहरूलाई सल्यानस्थित जिल्ला अस्पताल लगिएको छ भने केहीलाई नेपालगञ्जतर्फ लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण यकिन हुन नसके पनि रातभरी पानी परेको, घुमाउरो सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । अहिले पनि त्यहाँ सामान्य वर्षा भइरहेकाले उद्दारमा कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....