नेपाली टोलीले आयोजक युएईसँग शनिबार भिड्दै

प्रकाशित मिति: ३० असार २०७४, शुक्रबार १२:०६


काठमाडौं, असार ३० ।
एएफसी यू–२३ च्याम्पियनसिपको छनोट चरणका खेलमा सहभागिता जनाउन बिहीबार युएई प्रस्थान गरेको नेपाली टोली खेलस्थल अल आइन सहर पुगेको छ । नेपाली टोलीले पुगेकै दिन हल्का प्रशिक्षण पनि गरेका थिए ।

टोलीले ४१ डिग्रीको गर्मीमा सेफ बिन महम्मद रंगशालामा प्रशिक्षण गरेको थियो । नेपालको तुलनमा युएईमा अहिले अत्यधिक मात्रामा गर्मि बढेको छ । यसले खेलाडीहरूमा केहि असहजता हुने पक्का छ ।

नेपाली टोलीले शनिबार हुने पहिलो खेलमा नेपाली समयानुसार रातको ८ः१० बजे आयोजक युएईको सामना गर्दैछ । दोश्रो खेलमा सोमबार त्यसै समयमा उज्बेकिस्तान र नेपालले खेल्नेछन् । अन्तिम खेल भने लेबनानसँग रातको ११ः०० बजे बिहीबार खेलिनेछ ।

नेपालको समूहको सम्पूर्ण खेल अल आइन सहरको ताहनोन मोहमद बिन रंगशालामा हुनेछ । टोलीमा रहने २३ सदस्यीय टोलीको यसअघिनै घोषणा भइसकेका छन् । विमल घर्ती मगर कप्तान रहेका टोलीका मुख्य प्रशिक्षकमा राजु काजी शाक्य रहेका छन् ।

२३ सदस्यीय खेलाडीको नाम :
गोलकिपर – एलेन न्यौपाने, अशोक बराल, किशोर गिरी
रक्षक – अनन्त तामाङ, दीनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ, लक्ष्मण जिसी
मिडफिल्ड – हेमन गुरुङ, हेमन्त मगर, सुमन लामा, सुनिल बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत
फरवार्ड – विमल घर्ती मगर, अन्जन विष्ट, संजोग राई, विश्वास श्रेष्ठ


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....