इराकको मासुल शहरमा बम बिस्फोटनमा महिला पत्रकार मारिइन

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आईतवार ११:३०


एजेन्सी, फागुन १५ ।
इराकको मोसुल शहरमा बम बिस्फोटन हुँदा एक कुर्दिश महिला पत्रकार समाचार संकलनको क्रममा मारिइएकी छिन् । इराकी कुर्द टीबीमा कार्यरत ३० बर्षिया शिफा गर्दीको मोसुल शहर सडक किनारामा समाचार संकलनकै क्रममा भएको बम बिस्फोटमा मारिइएकी हुन् ।

कुर्दिश महिला पत्रकारसँगै रहेका क्यामरा पर्सन भने घाइते भएका छन् । आईएस नियन्त्रणमा रहेको शहरको पश्चिमी इलाकामा सैन्य अभियानको समाचार संकलनमा महिला पत्रकार गर्दी पुरुष पत्रकार सरह सक्रिय रहँदै आएकी थिइन् । मोसुल शहर आईएसको कब्जाबाट छुटाउन इराकी सेनाले सैन्य कार्वाही गर्दै आएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....