फुटबल खेलिरहेको रंगशालामा झडप हुँदा आठको मृत्यु, ४९ घाइते

प्रकाशित मिति: १ श्रावण २०७४, आईतवार ११:४७


एजेन्सी, श्रावण १ ।
सेनेगलमा फुटबल फाइलन खेल भइरहेको बेलामा दुई पक्षबीच झडप हुँदा आठ जनाको मृत्यु भएको छ भने करिब ४९ जना घाइते भएका छन् ।

सेनेगलको राजधानी डकारमा रहेको डेम्बा दियोप रंगशालामा स्टेड डे एम्बोर र युनियन स्पोर्टिभ वाकमबीच लिग कप फुटबलको फाइनल खेल भइरहेको थियो । उक्त रंगशालामा झडप नियन्त्रणमा लिनको लागि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

अश्रुग्याँसबाट बच्न सयौं समर्थकहरू एकैपटक कमजोर पर्खाल चढ्न खोज्दा पर्खाल भत्किएपछि सो घटना भएको जनाएको छ ।

भागदौड मच्चिनुपूर्व अतिरिक्त समयमा सकिएको उक्त खेलमा स्टेड डे एम्बोरले २–१ गोलले जितेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....