यू–१९ विश्वकप क्रिकेट छनोट खेलमा नेपालद्वारा सिङ्गापुर पराजित

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार १५:५१


काठमाडौं, श्रावण २ ।
यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले आयोजक सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै सफल सुरुवात गरेको छ ।

सिङ्गापुरस्थित सिङ्गापुर क्रिकेट क्लब, पादाङ स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली सिङ्गापुरले २९ ओभरमा ७३ रन जोड्दै अल आउट भयो । चौहत्तर रनको झिनो लक्ष्य पछ््याएको नेपालले १७ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो ।

सुरुवाती ब्याटसम्यान सन्दिप सुनार एक रनमा आउट भए भने आसिफ शेख चार रनमा आउट भएपछि नेपालको इनिङ सुरुमै धर्मराउन थालेको थियो ।

त्यस्तै, तेस्रो नम्बरमा आएका प्रनित थापामगरले बनाएको २३ रन नेपाली ब्याटसम्यानले बनाएको सबैभन्दा धेरै रन हो । नेपालका अनिल साहले १९ ,दीपेन्द्र सिंह ऐरी दुई तथा प्रकाश केसीले छ रनमात्र जोडे ।

रोहितकुमार पौडेलले अविजित ११ रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए भने शाहब आलमले तीन तथा किशोर महतोले दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको सिङ्गापुरका ब्याटसम्यान विगरु आयरले सर्वाधिक ४२ रन जोडे भने सिन अग्रवालले ११ रन जोडनुबाहेक अन्यले दोहोर अंक जोडन सकेनन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....