लेबनानविरुद्धको खेलमा अन्जनले नखेल्ने

काठमाडौं, श्रावण ३ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका यू–२३ टोलीका फरवार्ड अन्जन बिष्ट लेबनान विरुद्ध बुधबार हुने खेलमा अनुपस्थित रहने भएका छन् । पहिलो दुई खेलमा सुरुवाती रोजाईमा परेका अन्जनको अनुपस्थितिले लेबनानविरुद्धको खेलमा नेपाली टोलीलाई केहि कठिन हुने भएको छ ।
समूह चरणका प्रथम दुई खेलमा पहेंलो कार्ड पाएका कारण अन्जन प्रतिबन्धमा परेका हुन् । प्रतियोगिताको नियमावलीअनुसार समूह चरणका खेलहरूमा दुई पहेंलो कार्ड खाने खेलाडीले त्यसपछिको खेल खेल्न पाउनेछैन ।
अन्जनले पहिलो युएईविरुद्धको पहिलो खेलमा ८२ औं मिनेटमा कार्ड खाएका थिए भने उज्वेकिस्तानविरुद्धको खेलमा ७८ औं मिनेटमा फल हानेपछि कार्ड खाएका थिए ।
प्रतिक्रिया