सुरुवाती दुई खेलमा पराजित भएको नेपाल आज लेजनानसँग खेल्दै

प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार १२:४२


काठमाडौं, श्रावण ४ ।
नेपालले एएफसी यू–२३ च्याम्पियनसिप छनौटको आफ्नो अन्तिम खेलमा आज लेवनानसँग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती दुई खेलमा नेपाल पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

युएईको अल अईनस्थित तनउन विन मोहम्मद रंगशालामा आज साँझ खेल हुनेछ । च्याम्पियनसिप छनौटको समूह डीमा रहेको नेपाल पहिलो खेलमा युएईसँग ५–० र दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

युएई र उज्वेकिस्तानको समान ६ र ६ अंक छ भने लेवनान र नेपालले अंकको खाता खोल्न सकेका छैनन् ।

आज लेवनानसँगको खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । आजको खेलमा स्टार मिडफिल्डर अञ्जन विष्ट उपस्थित हुने छैनन् । यसअघिका दुई खेलमा पहेलो कार्ड पाएका उनी आज खेल्न नपाउने भएका हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....