अफगानिस्तानद्वारा नेपाललाई १ सय ९१ रनको चुनौति

काठमाडौँ, श्रावण ५ ।
सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गतको तेश्रो खेलमा पहिलो ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १ सय ९१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.४ ओभर खेल्दै १० विकेटको क्षतिमा १ सय ९० रन जोडेको हो ।
नेपालले प्रतियोगितामा लगातार तेश्रो पटक फिल्डिङ रोजेको थियो । तर अफगानिस्तानका ओपनरहरूले सम्हालिएर खेल्दै राम्रो सुरुवात दिलाए । इब्राहिम जद्रान ४३ रनको व्यक्तिगत स्कोरमा कट बिहाइन्ड भएपछि नेपालले पहिलो सफलता पाएको थियो । साहब आलमको बलमा आउट हुनुअघि उनले नविद ओबेदसँग मिलेर पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । ओपनर नविद ३३ रन जोड्दै पवन शर्राफको बलिङमा उनैबाट क्याच आउट भए ।
त्यसपछि नियमित विकेट गुमाएको अफगानिस्तानका लागि मध्यक्रममा तारिक स्तानिकजाइले २७ रन, इमरान मोहमदीले १८ रन र दार्विस रसुलीले १४ रन जोडे । अफगानिस्तानका नविद उल हकले अन्तिममा २० रन जोड्दै अफगानिस्तानको योगफल अझ बढाएका थिए ।
नेपालको लागि साहबआलमले ३ विकेट लिए भने कप्तान सन्दिप लामिछाने र पवन शर्राफको नाममा २/२ विकेट रह्यो । किशोर महतो र दिपेन्द्र सिंह ऐरीले पनि १/१ विकेट बाँडे ।
प्रतिक्रिया