लेबनानद्वारा नेपाल २ गोल विरुद्ध शून्य गोलले पराजित

काठमाडौं, श्रावण ५ ।
एएफसी यू–२३ च्याम्पियनसिपको छनोट चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ मा रहेको नेपालले सबै खेलमा पराजय भोग्दै प्रतियोगिताको अन्त्य गरेको नेपाल बुधबार भएको अन्तिम खेलमा लेबनानसँग २ गोल विरुद्ध शून्य गोलले पराजय भएको हो ।
नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै लेवनानले २८ औं मिनेटमा पहिलो गोल गरेका थिए । डिफेन्सले हेडर क्लियर गर्न नसकेको बलमा लेबनानका हासान कुरानीले गोल गरेका हुन् । नेपालले पछिल्ला खेलको तुलनामा सुधारिएको प्रदर्शन गरेपनि गोल गर्ने अवसरहरूमा भने चुकेको थियो ।
खेलको ८७ औं मिनेटमा नेपालले बराबरी गर्ने मौका पाएपनि सुमन लामा त्यसमा चुकेका थिए । फार पोष्टमा एक्लै हुँदा आएको लो क्रसलाई गोलतर्फ मोड्न उनी असफल भए । त्यसअघि नेपालका सुनिल बलले दोश्रो हाफको सुरुवाततिर प्रहार गरेको फ्रिकिक पोष्टबाट केहि माथिबाट बाहिरिएको थियो । खेलको अन्तिम समयमा हासान कुरानीले व्यक्तिगत दोश्रो गोल गर्दै लेबनानको जित पक्का गरेका थिए ।
नेपाल यस नतिजासँगै प्रतियोगितामा कुनै गोल नगरी ९ गोल खाएर एक गोल पनि नगरी स्वदेश फर्कने भएको छ । समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा युएईमा हुने एएफसी च्याम्पियनसिप खेल्नेछ ।
प्रतिक्रिया