छोराछोरीहरूको आम्दानीको १० प्रतिशत भाग छुट्याउनुपर्ने कानुन तर्जुमा

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहीबार १२:२२


काठमाडौँ, फागुन १९ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वृद्धवृद्धाका लागि छोराछोरीले आम्दानीको १० प्रतिशत भाग छुट्याउनुपर्ने कानुन तर्जुमा हुन लागेको बताएका छन् ।

मनमोहन प्रतिष्ठानले राष्ट्रपति निवासमा आयोजना गरेको ज्येष्ठ नागरिक देश दर्शन समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले यससम्बन्धी कानुनी मस्यौदा गरिरहेको उहाँले जनाएको छ ।

राष्ट्रपति भण्डारीकाअनुसार “सम्पत्तिको ७५ प्रतिशतमात्र अंशका रूपमा छोराछोरीलाई बाँडिने र २५ प्रतिशत वृद्धवृद्धाकै नाममा हुने व्यवस्था पनि कानुनमा समावेश हुँदैछ, वृद्धवृद्धालाई आश्रममा राख्ने व्यवस्थाभन्दा घरमा सम्मानसाथ तीन पुस्ता बस्ने संस्कारको पुनःर्जागरण गरिनुपर्छ ।”

सडकलगायत पूर्वाधार वृद्धवृद्धा, बालबालिका र अपाङ्गमैत्री हुनुपर्नेमा राष्ट्र«पति भण्डारीले जोड दिएका छन् । प्रतिष्ठानका अध्यक्ष एवम् सांसद् भरतमोहन अधिकारीले कमजोर बनेका ज्येष्ठ नागरिक र बालबालिकालाई देश दर्शन गराई पुनर्ताजगी गराउने उद्देश्यले यस वर्ष छैठौँपटक कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् ।

राष्ट्र«कवि माधवप्रसाद घिमिरेले वृद्धावस्था मनमा उज्यालो बाली सबैलाई उज्यालो बाँड्ने समय भएको विचार व्यक्त गरेका छन् । “वृद्धहरूले जीवनभर गरेका अनुभवबाट हामीले शिक्षा लिनुपर्छ, ‘कुरा सुन्नु बूढाको आगो ताप्नु मुढाको’ भनेजस्तै” उहाँले भनेका छन् ।

संस्कृतिविद् सत्यमोहन जोशीले बुढेसकालमा दुःख नपाउनु नै रामराज्य भएकाले बुढापाकालाई राज्यले नै सम्मान गर्नुपर्ने विषयमा जोड दिएका छन् । इतिहासविद् ज्ञानमणि नेपालले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने वैदिक परम्परा भएकाले त्यसको अनुशरण गरिनुपर्ने बताएका छन् ।

फागुन ११ गतेदेखि १७ गतेसम्म एक सय २९ जना ज्येष्ठ नागरिकलाई प्रतिष्ठानले देशका विभिन्न भाग भ्रमण गराइएको सो कार्यक्रममा जानकारी गराइएको हो ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....