रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी–एड्स संक्रमित

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहीबार १६:२५


रोल्पा, फागुन १९ ।
रोल्पामा पाँच बालबालिका जन्मिने वित्तिकै एचआइभी–एड्स संक्रमित भएका छन् । प्रवासी बाबु तथा घरमा रहेकी आमाबाट जन्मेका निर्दाेष पाँच बालबालिका एचआइभी–एड्स संक्रमित भएर जीवन जीउँदै आएको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिएकी छन् ।

उनले जनाए अनुसार कामको सिलसिलामा विभिन्न मुलुकमा पुगेका युवा एचआइभी–एड्स संक्रमित भएर स्वदेश फर्किसकेपछि श्रीमतीलाई कुनै जानकारी नदिई बच्चा जन्माउने गरेका कारण उनीहरूबाट जन्मेका बालबालिका एचआइभी–एड्स संक्रमित भएका हुन् । यसरी संक्रमित बाबु–आमाबाट जन्मेका बालबालिकाले निरन्तर औषधि सेवन गरिरहेका छन् भने कतिपयका बाबुआमा मरिसकेको छन् ।

समाजले अपहेलना गर्ने डरले एचआइभी एड्स संक्रमित बालबालिकाहरूले एड्स रोग लागेको कुरा सार्वजनिक गर्ने गर्दैन् । समाजको डरले गर्दा बालबालिकाहरूमा नकारात्मक असर हुन थालिसकेका छन् । काम गर्नका लागि धेरैजसो भारत पुगेकामहरूको परिवारलाई एचआइभी एड्स लागेको तथ्याङ्क छ । धेरै जसो विकट गाउँहरूमा यो रोगबाट ग्रसित भइरहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी काराेबारकाे पहिलाे दिन सुन र चाँदीकाे मूल्य घट्याे

काठमाडाैं, चैत २४ । सुनचाँदी काराेबारकाे पहिलाे दिन आज आइतबार नेपाली बजारमा सुन र चाँदीको.....