धनगढीमा अत्याधुनिक सेवा सुविधासहितको आँखा अस्पताल सञ्चालन

प्रकाशित मिति: ११ भाद्र २०७४, आईतवार १४:२१


कैलाली, भाद्र ११ ।
धनगढीमा झण्डै रु.दुई करोडको लगानीमा अत्याधुनिक सेवा सुविधासहितको धनगढी नेत्रालय (आँखा अस्पताल) शनिबारदेखि सञ्चालनमा आएको छ ।

पच्चीस श्ययाबाट सुरुआत गरिएको उक्त अस्पतालमा मोतीविन्दु, जलविन्दु, मासु बढेकोलगायत आँखासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा शल्यक्रिया गरिने सो अस्पतालका प्रबन्ध निर्देशक गजेन्द्रबहादुर चन्दले जानकारी दिए ।

गेटा आँखा अस्पतालका पूर्वनिर्देशक विद्या पन्त, धर्मानन्द अवस्थी र गजेन्द्रबहादुर चन्दको संयुक्त लगानीमा आँखा अस्पताल सञ्चालन गरिएको जनाएको छ ।

पूर्वनिर्देशक पन्तका ९८ वर्षीय बुबा चूडामणिको आँखा परीक्षण गरेर अस्पतालले सेवा प्रारम्भ गरेको हो । उद्घाटनको दिन १० आँखा रोगीको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

निलम्बित न्यायाधीश भुवन गिरी वैवाहित बलात्कार मुद्दामा सफाइ दिएसँगै कारागार मुक्त

काठमाडाैं, बैशाख १ । निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कारमा मुद्दामा सफाइ.....