प्रभु क्यापिटलको वि.सं. २०८२ को डिजिटल क्यालेण्डर सार्वजनिक

प्रकाशित मिति: १ बैशाख २०८२, सोमबार १२:०५


काठमाडाैं, बैशाख १ ।
प्रभु क्यापिटल लिमिटेडले नेपाली नयाँ वर्ष वि.सं. २०८२ सालको लागि तयार गरेको डिजिटल क्यालेण्डर सार्वजनिक गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत मितिहरू, सार्वजनिक बिदाहरू, तिथि, नेपाली र अंग्रेजी मिति तथा नेपालीहरूले मनाइने विविध चाँडपर्व तथा संस्कृति झल्किने तस्वीरका साथै क्यापिटलले आफ्नो सेवा सुविधाहरू समेत क्यालेण्डरमा समेटेकोे छ । क्यालेण्डरमा क्यापिटलले दिने सेवा बारे ग्राहक महानुभावहरूलाई सजिलै जानकारी दिनुका साथै ग्राहकहरूलाई लगानी तथा वित्तीय साक्षरतासम्बन्धी सन्देश पनि दिएको छ । उक्त क्यालेण्डर डिजिटाइज गरी वेबसाइटमार्फत् डाउनलोडसहितको सुविधा दिई उपलब्ध गराएको छ भने डिजिटल माध्यमबाट सम्पूर्णमा पहुँच योग्य बनाउन सोको क्यूआर कोड सामाजिक सञ्जाल र वेबसाइटमार्फत् उपलब्ध गराएको छ ।

कुनै पनि कम्पनीका प्रथमत: कर्मचारी नै ब्राण्ड एम्बेस्डर हो भन्ने मान्यता लिई क्यापिटलले आफ्ना कर्मचारीमार्फत् नै आफ्ना सेवा तथा वित्तीय लगानीका प्रडक्ट तथा योजनाहरू क्यालेण्डरमा प्रस्तुत गरेको छ । यसका साथै क्यापिटलले हाम्रो नेपाली सभ्यतामा चाँडपर्वहरूमा उपहार तथा कोसेली दिने परम्परालाई भावी सोचले नयाँपन दिँदै, आफ्ना प्रियजन तथा मान्यजनलाई उपहार स्वरूप भविष्यमा लगानी वृद्धि हुँदै जाने खालका वित्तीय साधनहरू दिएमा वित्तीय समृद्धि तथा भविष्यमा उनीहरूले वित्तीय सुरक्षासमेत पाउन सक्छन् भन्ने वित्तीय साक्षरताको सन्देश पनि दिएको छ ।

मर्चेन्टसम्बन्धी विभिन्न सेवा, सुविधा तथा योजनाहरूमा २ लाख ६० हजार बढी ग्राहकहरू भएको प्रभु क्यापिटलले आफ्नो कमलादीस्थित कर्पोरेट कार्यालय तथा प्रभु बैंकको सम्पूर्ण शाखा कार्यालयबाट डिम्याट खाता खोल्ने सुविधा दिएको छ भने ग्राहकले अनलाईनमार्फत् समेत डिम्याट तथा पिएमएसको सेवा लिनसक्ने छन् । साथै क्यापिटलले हालमा लगानीका नयाँ product हरू Corporate Advisory तथा SIP थपेको छ भने सचेतना अभिवृद्धिका लागि समय-समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम, वर्कशप तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

रिलायबल समृद्धि योजना बैशाख ३ गतेबाट बिक्री खुला

काठमाडौं, बैशाख २ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबर्द्धक तथा रिलायबल.....