ताम्रकार समाजद्वारा दोश्रो ताम्रकार फुटसल प्रतियोगिता–२०७४ को आयोजना गरिँदै

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलवार ०९:०९


ललितपुर, भाद्र १३ ।
पहिलो ताम्रकार फुटसल प्रतियोगिता–२०७३ को सफलतापश्चात ताम्रकार समाजबाट यसवर्ष पनि दोश्रो ताम्रकार फुटसल प्रतियोगिता–२०७४ को आयोजना गर्ने भएको छ ।

यहीँ भाद्र १७ गते शनिबार ललितपुरको धोबिघाटस्थित धोबिघाट फुटसल मैदानमा आठ वटा टीमबीच प्रतिस्पर्धा हुने सो प्रतियोगितामा विभिन्न आठ वटा कम्पनीले टीमको प्रायोजन गरेको छ । कूल ६४ जना खेलाडी रहेको उक्त दोश्रो ताम्रकार फुटसल प्रतियोगिता–२०७४ का बिजेता तथा उपबिजेता टीमले आकर्षक ट्रफीका साथै नगद पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।

खेलकुदको माध्यमबाट समाजमा भाईचारा अभिवृद्धि गर्ने प्रतियोगिताको मूल उद्देश्य रहेको ताम्रकार समाजका अध्यक्ष रबिन्द्रराज ताम्रकारले जानकारी दिएका छन् । ताम्रकार समाजले युवाहरूको लागि खेलकुदमा विशेष प्राथमिकता राखेको बताउँदै यसअघि पनि विभिन्न समाजका सदस्यहरूलाई संलग्न गराई फुटबल, ब्याडमिण्टन, चेस, सडक दौडलगायतका प्रतियोगिताहरू सम्पन्न गरिसकेको अध्यक्ष ताम्रकारले बताए । समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा हुन गइरहेको सो प्रतियोगिताका बारेमा जानकारी दिँदै उपसमितिका संयोजक सजेश ताम्रकारले गत वर्षको संस्करण भव्य रूपमा सफल भएकाले यस संस्करणलाई थप सफलतापूर्वक सफल बनाउन थप दबाब रहेको बताउँदै उनले गत वर्ष भन्दा यसवर्ष थप परिस्कृत रूपमा प्रतियोगिता गर्न लागिएको बताए । प्रतियोगिताका संयोजक बिक्सन ताम्रकारले सबैको सहयोगमा यसवर्ष पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे ।

पहिलो प्रतियोगिता भन्दा पनि फरक रहेको यस आठ वटा टीमका लागि आठ वटा विभिन्न उद्योग, कम्पनीले प्रायोजन गरेको छ भने कम्पनी, उद्योगकै नाममा टीमको नामसमेत कायम गरिएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन ६४ जना खेलाडीले नाम दर्ता गराएका छन् जसमध्ये गोलाप्रथाबाट टीम छनौट गरिएको छ । प्रतियोगिताका लागि करिब तीन लाख खर्च लाग्ने आयोजक संस्थाले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....