औषधि सेवन गरेको आरोप लागेका सारापोभाको शानदार कमब्याक

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलवार १८:१३


काठमाडौं, भाद्र १३ ।
प्रतिबन्धित औषधि सेवन गरेको आरोपमा १५ महिनाको प्रतिबन्ध झेलेकी रसियन टेनिस सुन्दरी मारिया सारोपोभाले वर्षको चौथो ग्राण्डस्लाम युएस ओपन मार्फत पुनरागमन गरेकी छन् ।

वाइल्ड कार्डमार्फत युएस ओपन खेल्न पाएकी पूर्व नम्बर एक सारापोभाले पहिलो चरणको खेलमा दोस्रो वरियाताकी सिमोना हलेपलाई पाखा लगाउँदै दोस्रो चरणमा प्रवेश गरिन् ।

१४६ औं बरियातामा रहेकी ३० वर्षीय सारापोभाले उपाधि दावेदार हलेपलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा हराइन् । सारापोभा र हलेपको खेल हेर्न २४ हजार दर्शक उपस्थित थिए ।

पहिलो सेट ६–४ ले जितेकी सारापोभाले दोस्रो सेट ४–६ ले गुमाइन् । तर तेस्रो सेटमा ६–३ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरिन् । सारापोभा सन् २००६ की युएस ओपन च्याम्पियन हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....