क्रिकेट टिमको छनोटकर्ताको पदबाट जयशुर्यालगायत टोलिद्वारा राजिनामा

प्रकाशित मिति: १४ भाद्र २०७४, बुधबार ११:०४


काठमाडौं, भाद्र १४ ।
श्रीलंकाका पुर्व कप्तान तथा बिस्फोटक ब्याट्सम्यान सनथ जयसुर्याले श्रीलंकन क्रिकेट टिमको छनोटकर्ताको पदबाट राजिनामा दिएका छन् ।
भारतविरुद्ध जारी पाँच एक दिवसिय श्रृङखलामा तेश्रो खेलमा पनि हार बेहोरेको दुई दिनपछि जयसुर्या लगायतको टोलिले नै राजिनामा दिएको हो । छनोटकर्ता टोलिको राजिनामाको पुष्टि श्रीलंकाका खेलकुद मन्त्रिले गरेका छन् ।

जयसुर्या लगायत रन्जिथ मधुरासिंगे, रोमेश कालुबिर्थना, आसन्का गुरुसिंहा र एसिक उपासन्थाले सामुहिक राजिनामा दिएका हुन् । पछिल्लो समय श्रीलंकन टोलिको नराम्रो प्रदर्शनलाई आधार बनाएर उनीहरूले राजिनामा दिएको मन्त्रिले बताएका छन् ।

दुई महिना अघि मात्र उनीहरूको म्याद छ महिनाको लागि थप गरिएको थियो भने पछिल्लो समयमा श्रीलंकाले जिम्बाब्बेसँग एकदिवसिय श्रृङखलामा हार व्येहोरेको थियो ।

बंगलादेशसँग आफ्नो गृह मैदानमा टेष्ट म्याच हारेको थियो । त्यस्तै उसको बेलायतमा भएको च्याम्पियन्स ट्रफीमा पनि पहिलो चरण पार गर्न सकेको थिएन ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....