मैत्रीपूर्ण भलिबलमा नेपालले बंगलादेशलाई हरायो

प्रकाशित मिति: १४ भाद्र २०७४, बुधबार १३:२५


ललितपुर, भाद्र १४ ।
बंगलादेशविरुद्ध मैत्रीपूर्ण भलिबल खेलमा नेपाल विजयी भएको छ । लगनखेलस्थित नेपाली सेनाको तालिम केन्द्रमा भएको मैत्रीपूर्ण भलिबलमा नेपालले पहिलो सेट गुमाएपनि खेलमा फर्कंदै सफलता हात पारेको हो ।

आफ्नै गल्तीका कारण पहिलो सेट २७–२५ ले गुमाएको नेपालले त्यसपछिको तीनैवटै सेट आफ्नो पक्षमा पारेको थियो । नेपालले दोश्रो सेट २५–१७, तेस्रो सेट २५–१६ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो ।

नेपालका लागि उत्कृष्ट प्रदर्शन कुलबहादुर थापाले गरेका थिए । नेपालले बुधबार पुनः बंगलादेशसँग दोश्रो मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली राष्ट्रिय टोलीले हालसम्म बंगलादेशविरुद्ध खेलेको चार खेलमा तीन जित र एक हार भएको छ ।

नेपाली टोलीका प्रमुख प्रशिक्षक जगदीश भट्टले पहिलो खेलमा राम्रो प्रर्दशन गरेकोले दोश्रो खेलमा पनि सोही लक्ष्य पछ्याउने बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....