मैत्रीपूर्ण भलिबल खेलमा नेपालद्वारा बंगलादेश पराजित

काठमाडौं, भाद्र १५ ।
नेपाल भलिबल संघले आयोजना गरेको मैत्रीपूर्ण भलिबल खेलमा नेपालद्वारा बंगलादेश पराजित भएको छ ।
ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा बुधबार भएको दोश्रो मैत्रीपूर्ण खेलमा नेपालले ३–२ सेटले पराजित गरेको हो । यसअघि मंगलबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ सेटमा पराजित गरेको थियो ।
पहिलो सेटमा १९–२५ पराजय भोगेको नेपालले दोश्रो सेट २५–२२ को आफ्नो पक्षमा पारेको थियो । त्यसपछिको तेश्रो सेट भने नेपाल बंगलादेशसँग २०–२५ ले पराजित भए पनि चौथो र पाँचौँ सेट आफ्नो पक्षमा पारेका थिए । नेपालले बंगलादेशलाई चौथो सेट २५–२२ र अन्तिम सेट १५–८ ले हराउँदै नेपालको जित सुनिश्चित भएको थियो ।
सरकारले भलिबललाई राष्ट्रिय मान्यता दिएपछि मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो ।
प्रतिक्रिया