आजबाट पहिलो राष्ट्रिय फुटसल लिग

प्रकाशित मिति: १५ भाद्र २०७४, बिहीबार १४:३८


काठमाडौं, भाद्र १५ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) एवं एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग बिहीबारदेखि सुरु हुने भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित एक पत्रकार सम्मेलन उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको खेल काठमाडौंको चपलीहाइटस्थित चौर क्रिएस्नल फुटसल सेन्टर र बौद्वस्थित स्तुपा स्पोर्टस हव फुटसल सेन्टरमा सञ्चालन हुनेछ ।

लिगमा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ । उक्त प्रतियोगिताको विजेताले रु. पाँच लाख तथा उपविजेताले रु.दुई लाख पचास हजार पाउनेछ । उक्त प्रतियोगिताका लागि करिब रु.३० लाख खर्चमा लाग्ने आयोजकले जनाएको छ ।

लिग प्रतियोगिताबाट एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनोटसमेत गरिने आयोजकले जनाएको छ । एएफसी फुटसल छनोट प्रतियोगिता आगामी अक्टोबर १३ देखि २२ तारिखसम्म हुनेछ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....