नेपाल विद्यार्थी युनियनको आयोजनामा दशैँ फुटबल टुर्नामेन्ट आयोजना (फाेटाेफिचर)

काठमाडौं, भाद्र १७ ।
नेपाल विद्यार्थी युनियन काठमाडौं क्षेत्र नं. ७ को आयोजनामा आजबाट ‘दशैँ फुटबल टुर्नामेन्ट–२०७४’ सुरु भएको छ । क्षेत्रपाटी वडा नं. १७ का वडा अध्यक्ष नबिन मानन्धरले एक कार्यक्रमबीच सो टुर्नामेन्टको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष मानन्धरले देशलाई चिनाउन खेलकुद क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउँदै यस्ता खेलकुद कार्यक्रमलाई निरन्तरता दिँदै जानुपर्नेमा जोड दिँदै आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
आजबाट सुरु भएको टुर्नामेन्टको पहिलो खेल सेन्ट्रल पब्लिक बोर्डिङ्ग स्कूल र सिम्रिक युवा क्लबबीच भएको छ । खेलमा दुबै टीमले ४–४ गोलको बराबरी खेल खेलेपछि निर्णय ट्राईबेकरबाट गरिएको थियो जसमा सेन्ट्रल पब्लिक बोर्डिङ्ग स्कूल ३–२ गोलले विजयी भएका छन् ।
खेल धोबीचौरस्थित फुटबल मैदानमा खेलाइएको थियो । बाँकी सबै खेल पनि सोही मैदानमा हुने आयोजक संस्थाले जनाएको छ ।
प्रतिक्रिया