स्वः पत्रकार तथा गितकार क्षेत्रीको स्मृतीमा फुटसल प्रतियोगिता सुरू

काठमाडौं, भाद्र १८
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र पत्रकार ऋषि धमलाले पत्रकार तथा गितकार स्वर्गीय सुर्यकुमार क्षेत्रीको स्मृतिमा आजदेखि मिडियाकप फुटसल प्रतियोगिता सुरु गरिएको छ ।
प्रतियोगिता ललितपुरको भैँसेपाटीमा रहेको गोलपोष्ट फुटसलमा सुरु गरिएको हो । महासंघका उपाध्यक्ष दिलिप थापाले दोस्रो पटक हुन लागेको प्रतियोगितामा विभिन्न दश वटा संचार माध्यमहरूले भाग लिएको जानकारी दिएका छन् ।
गत वर्षको पहिलो प्रतियोगितामा इमेज च्यानल पहिलो र नेपाल टेलिभिजन दोस्रो भएका थिए । प्रतियोगिताबाट उठेको रकम पत्रकार क्षेत्रीको छोराको अध्ययनका लागि सहयोग गरिएको थियो । झण्डै डेढ दशक पत्रकारिता गरेका युवा पत्रकार क्षेत्रीको ब्रेन ट्युमरका कारण गत वर्ष बैशाखमा निधन भएको हो । २०७१ मंसिरमा ब्रेन ट्युमर देखिएपछि क्षेत्रीको नेपाल र भारतमा उपचार भएपनि सफल हुन सकेको थिएन । क्षेत्री नेपाली सांगीतिक क्षेत्रमा स्थापित सर्जक पनि थिए । उनको धोका दिनेलाई के भनौ र खै, धानको सिरौँला, औठी चिनो छलगाएतका गीतहरूरु अहिले पनि चर्चित छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार र दोस्रो हुनेलाई २५ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ । अहिले उठ्ने रकम धनकुटाका अग्रज पत्रकार राईको मुटुको शल्यक्रियाका लागि सहयोग छ । राईको उपचार आजै काठमाडौँको शिक्षण अस्पतालमा हुदैँछ ।
प्रतिक्रिया