दशैँ फुटबल टुर्नामेन्टअन्तर्गत आजको खेलमा पकनाजोल ३–१ ले विजयी (फोटोफिचर)

काठमाडौं, भाद्र १८ ।
नेपाल विद्यार्थी युनियनको आयोजनामा शनिबारदेखि काठमाडौंको धोबीचौरमा जारी रहेको ‘दशैँ फुटबल टुर्नामेन्ट–२०७४’ को खेलअन्तर्गत आज पनि दुई टीमबीच खेल भएको छ ।
उक्त प्रतिस्पर्धात्मक खेलमा बाल विकास स्कूल र पकनाजोल युथ क्लबबीच भएको थियो भने जसमा पकनाजोल ३–१ गोल अन्तरले विजयी
भएको छ ।
यसैबीच, भोलिदेखि दुई वटा खेल हुने आयोजक संस्थाले जनाएको छ । जसमा एसएएफ र बब्लु जेम्सबीच हुनेछ भने अर्को खेल बी एण्ड बी इन्टरप्राईजेज र फ्यान्टास्टिक एफसीबीच हुनेछ ।
जारी रहेको सो खेलमा सह–प्रायोजकको रूपमा एमजी क्लासिको, स्पोर्टस् एरिना, बीटेक मोबाइल सोलुसन रहेको छ भने त्यसैगरी मिडिया पार्टनरको रूपमा लाईभ अफ नेपाल डट कम र गोल नेपाल डट कम रहेको छ ।
प्रतिक्रिया