ग्रिसलाई हराउदै बेल्जियम २०१८ को विश्वकपका लागि छनौट

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार १३:११


एजेन्सी, भाद्र १९ ।
युरोपियन राष्ट्र बेल्जियम रसियामा हुने सन् २०१८ को विश्वकप फुटबलका लागि छनौट भएको छ ।

युरोपियन क्षेत्रको छनौट खेल अन्तर्गत आइतबार राति भएको खेलमा ग्रिसलाई २–१ हराउँदै बेल्जियमको विश्वकपमा स्थान बनाउन सफल भएको हो ।

समूह ‘एच’ मा रहेको बेल्जियमका छनोट चरणका दुई खेल बाँकी रहँदै विश्वकपमा छनौट भएको छ । युरोपबाट छनौट हुने बेल्जियम आयोजक रुस पछि पहिलो देश बनेको छ ।

अहिलेसम्म बेल्जियमसहित ६ देशले विश्वकपमा स्थान सुरक्षित गरेका छन् । यसअघि मेक्सिको, जापान, इरान, ब्राजिल र रुसले विश्वकपमा स्थान बनाइसकेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....