‘दशैँ फुटबल टुर्नामेन्ट’ खेलअन्तर्गत बब्लु जेम्स र बी एण्ड बी क्वाटर फाइनलमा प्रवेश (फाेटाेफिचर)

काठमाडौं, भाद्र २० ।
काठमाडौंको क्षेत्रपाटीस्थित धोबीचौरमा जारी रहेको ‘दशैँ फुटबल टुर्नामेन्ट–२०७४’ अन्तर्गत सोमबार भएको खेलमा बब्लु जेम्स र बी एण्ड बी क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा बब्लु जेम्सद्वारा एसओएफ १६–२ गोलले पराजित भएको छ । जसमा एसओएफका क्याप्टेन सन्नी श्रेष्ठले २ गोल गरेका थिए भने बब्लु जेम्सका लागि सिजन गुरुङले ५ गोल गरेका छन् । त्यस्तै, सुवास उप्रेती ४, सञ्जिव १, क्याप्टेन सागर लामा २ र रबिनले ४ गोल गरेका थिए ।
त्यसैगरी, दोश्रो खेलमा बी एण्ड बी इन्टरप्राइजेसद्वारा फ्यान्टास्टिक फुटबल क्लब ११–३ गोलले पराजित भएको छ । जसमा खेल सुरु भएयताकै बी एण्ड बीले अहिलेसम्मकै बढी गोल महेन्द्र गुरुङले ६ गोल गरेका छन् । क्याप्टेन सुनिल तामाङ २ गोल, विजय गौतम २ र सागर घिमिरेले १ गोल गरेका थिए । फ्यान्टास्टिकका लागि किरणले २ गोल र डेभिड लिम्बुले एक गोल गरेका थिए ।
यसैबीच, मंगलबार इन्द्रजात्रा परेकाले बाँकी अरू खेल बुधबारदेखि सुरु हुने आयोजक नेपाल विद्यार्थी संघले जनाएको छ ।
प्रतिक्रिया