एएफसी एसिया कप फुटबल छनौट खेलमा आज नेपाल र ताजकिस्ता भिड्दै

काठमाडौं, भाद्र २० ।
एएफसी एसिया कप फुटबल २०१९ को छनौटमा नेपालले ताजकिस्तानसँग एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा आज दिउँसो ३ बजे खेल खेल्दै छ ।
प्रतियोगिताका लागि छनौटको सम्भावना राख्न दुवै टिमलाई जित्नु पर्ने दबाब छ । नेपालले अहिलेसम्म एक अंक जोडेको छ भने ताजकिस्तानले अंक जोड्न सकेको छैन । फिलिपिन्स ६ अंकसहित शीर्ष स्थानमा छ ।
ताजकिस्तानसँगको खेल नेपालका लागि महत्वपूर्ण छ किनभने मुख्य प्रशिक्षक ग्योतुकी कोजीले जापानमा तयारी गरेकाले आजको खेल प्रभावकारी हुने बताएको छ । सकेसम्म जित निकाल्दै तीन अंक र त्यो नसके बराबरी गर्दै कम्तिमा एक अंक जोड्ने लक्ष्य रहेको उनले बताए । नेपाली टिमका कप्तान विराज महर्जन जितको लक्ष्यसहित मैदान उत्रिने रणनीति बनाएको बताएका छन् ।
नेपाली टोलीले सन् २०१६ को नोभेम्बर यता कुनै पनि खेल जितेको छैन । नेपालले पछिल्लो पटक सन् २०१६ को नोभेम्बर १५ एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० गोलले हराएको थियो । त्यसपछि नेपाली टोलीले जित निकाल्न सकेको छैन ।
फिफा बरियतामा ताजकिस्तान १ सय ५१ औं स्थानमा छ भने नेपाल १ सय ६९ औं स्थानमा छ । छनौट चरणको समूह ‘ई’ मा रहेको नेपालले अहिलेसम्म दुई खेलबाट एक अंक जोडेको छ ।
नेपालसँग खेल्न लागेको ताजकिस्तानले यसअघिका दुई खेल हारेको छ । यो समूहबाट फिलिपिन्सले ६ तथा यमनले ४ अंक जोडेका छन् । यी दुई बिचको खेल पनि आजै फिलिपिन्समा हुँदैछ ।
प्रतिक्रिया