दशैँ फुटबल टुर्नामेन्ट : दिव्य शान्ति र फुटसल फ्याक्ट्री क्वाटर फाइनलमा प्रवेश

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहीबार ११:२८


काठमाडौं, भाद्र २२ ।
काठमाडौंको क्षेत्रपाटीस्थित धोबीचौरमा जारी रहेको ‘दशैँ फुटबल टुर्नामेन्ट’अन्तर्गत बुधबार भएको दुई वटा खेलमा दिव्य शान्ति र फुटसल फ्याक्ट्री विजयी भएका छन् ।

पहिलो खेल दिव्य शान्ति र एस बी एलबीच भएको खेलमा दिव्य शान्तिद्वारा एस बी एल ५–१ गोलले पराजित भएको थियो ।



यसैगरी, दोश्रो खेलअन्तर्गत शान्ति शिक्षा स्कूल र फुटसल फ्याक्ट्रीबीच भएको खेलमा दुबै टीमको तर्फबाट २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राईबेकरबाट गरिएको थियो । जसमा फुटसल फ्याक्ट्रीले शान्ति शिक्षा स्कूललाई ४–३ गोलले पराजित गरेका थिए ।

जित दर्ता गर्दै दिव्य शान्ति र फुटसल फ्याक्ट्री क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
यसैबीच, आज पनि दुई वटा खेल हुने भएको छ । जसमा पहिलो इन्द्रायणी फुटबल क्लब र जेएफसीबीच हुनेछ भने त्यस्तै दोश्रो खेल वडा नं. १७ र पीवाईसीबीच हुने भएको छ ।

 


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....