यु–१६ बास्केटबलमा नेपाल बंगलादशसँग पराजित

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहीबार १८:५९


काठमाडौं, भाद्र २२ ।
राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकद परिषद्को कभर्डहलमा भएको सोह्र वर्षमुनि (यु–१६) पुरुष बास्केटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । उक्त खेलमा नेपाल बंगलादेशसँग समग्रमा ११ अंकले पराजित भएको हो ।

बंगलादेशले खेल सकिने बेलामा ६८–५७ को स्थितिमा थियो । तेस्रो क्वाटरको समाप्तिसम्म नेपाल ४६–४१ ले अगाडि थियो । अन्तिम क्वाटरमा त्यो अग्रतालाई जोगाउन नसक्दा नेपाल बंगलादेशसँग पराजित हुन पुग्यो ।

नेपालले पहिलो क्वाटरमा २२–१० को अग्रता लिँदै सुखद सुरुआत गरेको थियो । दोश्रो क्वाटर बंगलादेशले २१–१० ले आफ्नो पक्षमा पार्दै पहिलो क्वाटरमा १२ अन्तरले पछि परेको अवस्थालाई एक अंकमा झार्न सफल भयो ।

तेस्रो क्वाटरमा नेपालले १४–१० को प्रदर्शन गर्दै समग्रमा ५ अंकले अग्रता बनायो । अन्तिम तथा चौथो क्वाटरमा बंगलादेश २७–११ ले अगाडि रहँदै जित सुनिश्चित ग¥यो ।

बंगलादेशको जितमा तन्विर प्रोधानले १८ अंकको योगदान दिए । नेपालका लागि भुटानविरुद्ध जित हात पार्दा सर्वाधिक २३ स्कोर गरेका अभिषेक सिंहले बंगलादेशविरुद्ध पनि त्यत्तिनै स्कोर गरे । आशिष बस्नेतले १०, सन्तोष खत्री र चिरञ्जिवी रोकायाले छ छ, सयुन राईले पाँच, सुरेश विक र आशिष भुजेलले तीन–तीन तथा सतिश लामाले एक स्कोर गरे ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....