भेनस विलियम्सलाई पराजित गर्दै स्लोआन स्टेफेन युएस ओपन टेनिसको फाईनलमा प्रवेश

काठमाडौं, भाद्र २३ ।
बिना वरियताकी अमेरिकी सलोना स्टेफेन्स र माडिसिज किज युएस ओपन टेनिसको ओमन्स सिंगल्सतर्फ फाईनलमा प्रवेश गरेका छन् । आज बिहान सम्पन्न संघर्षपुर्ण सेमिफाईनलमा आफ्नै देशकी नवौँ वरियताकी भेनस विलियम्सलाई २–१ को सेटमा हराउँदै स्टेफेन्स ग्राण्डस्लाम उपाधि नजिक पुगेकी हुन् ।
पहिलो सेटमा ६–१ को सहज जित हात पारेकी स्टेफेन्सले दोस्रो सेट भने ६–० ले भेनसलाई सुम्पिएकी थिइन् । तेस्रो तथा अन्तिम सेटमा भेनसलाई ७–५ ले पराजित गर्दै स्टेफेन्स प्रतियोगिताको फाइनलमा प्रवेश गरेकी हुन् ।
दोस्रो सेमिफाईनलमा अमेरिकी कोको भेण्डेवे लाई २–० को सेटले पराजित गर्दै किजले सलोनासँगको भेट पक्का गरेकी हुन् । पहिलो सेट ६–१ ले जितेकी किजले दोस्रो सेटमा ६–२ को नतिजा हात पार्दै उपाधि यात्रा तय गरेकी हुन् ।
प्रतिक्रिया