दशैँ फुटबल टुर्नामेन्ट–२०७४ : जेएफसी र वडा नं. १७ क्वाटर फाइनलमा प्रवेश

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार १२:३७


काठमाडौं, भाद्र २३ ।
नेपाल विद्यार्थी संघ काठमाडौं क्षेत्र नं. ७ को मुख्य आयोजनामा जारी ‘दशैँ फुटबल टुर्नामेन्ट–२०७४’ अन्तर्गत बिहीबार काठमाडौंको क्षेत्रपाटीस्थित धोबीचौरमा भएको खेलमा जेएफसी र वडा नं. १७ क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो खेलमा इन्द्रायणी फुटबल क्लबलाई ८–२ ले हराउँदै जेएफसी क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

जेएफसीका लागी डेविड लिम्बु र संगम लामिछानेले ह्याट्रिक गरेका थिए भने सनिस विष्ट र सुरजले एक एक गोल गरेका थिए ।
इन्द्रायणी फुटबल क्लबका लागी भने बिजय र सुदिपले एक एक गोल गर्न सफल भएका थिए ।

त्यसैगरी, बिहीबार नै भएको दोस्रो खेलमा वडा नं. १७ ले पब्लिक युथ क्याम्पसलाई १६–० को फराकिलो गोलअन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

वडा नं. १७ का लागी रोनिस श्रेष्ठले सर्वाधिक ६ गोल गर्दै दबल ह्याट्रिक गरे भने सन्तोषले पनि ह्याट्रिक गर्न सफल भएका थिए । त्यस्तै, लिज महर्जनले दुई गोल थपे भने कृष्ण श्रेष्ठ, अजय राई र सुशान्त महतले एक एक गोल गरी क्वाटर फाइनलको यात्रा तय गरे ।

यसका साथै नकआउट चरणको सबै खेलहरू सकिएको छ भने क्वाटर फाइनलका खेलहरू भोलि शनिबार दिउँसो ४ बजे देखि सुरु हुनेछ ।
शनिबारको पहिलो क्वाटर फाइनल खेलमा सेन्ट्रल पब्लिक स्कूलले बब्लु जेम्स फुटबल क्लबसँग सेमिफाइनलको यात्राका लागी प्रतिस्पर्धा गर्ने भएको छ ।

त्यस्तैगरी, दोस्रो क्वाटर फाइनलमा पक्नाजोल युथ क्लबले बी एण्ड बी इन्टरप्राईजेजसँग प्रतिस्पर्धा गर्ने छ भने तेस्रोमा दिव्य शान्तिले जेएफसीसँग भिड्ने र अन्तिम क्वाटर फाइनलका लागी फुटसल फ्याक्ट्रीले वडा नं. १७ को सामना गर्ने छ ।



प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....