नेपाली युवा क्रिकेट टोली यु–१९ क्रिकेटमा सहभागी हुन मलेसियातर्फ

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार १६:१२


काठमाडौं, भाद्र २३ ।
मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

यहीँ भाद्र २५ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भुटान, सिंगापुर र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङ्कङ, चीन र म्यानमार छन् ।

नेपालले आफ्नो पहिलो खेल २६ गते सोमबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसपछि नेपालले दोश्रो खेल भाद्र २८ मा भुटानको सामना गर्नेछ भने तेस्रो खेल भाद्र २९ गते सिंगापुरसँग भिड्नेछ । आ–आफ्नो समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनलमा पुग्ने दुई टोलीले एशिया कपको यात्रा तय गर्नेछन् ।

नेपाली टोलीको कप्तानीको भूमिका दीपेन्द्रसिंह ऐरीले निभाउने छन् । त्यस्तै सहभागी अन्य खेलाडीमा सन्दीप लामिछाने, रोहितकुमार पौडेल, किशोर महतो, शाहव आलम, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, सन्दीप जोरा, सुमित महर्जन, प्रनित थापामगर, अनिलकुमार शाह, पवन सर्राफ, नन्दन यादव र विक्रमकुमार भुसाल रहेका छन् । टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने सहायक प्रशिक्षकमा कलाम अली रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....