ईपीएलअन्तर्गत खेलमा आर्सनल र टोटनह्यामको विजयी

प्रकाशित मिति: २५ भाद्र २०७४, आईतवार ०६:५३


काठमाडौं, भाद्र २५ ।
जारी रहेको इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनलले बोर्नमाउथलाई ३ विरुद्ध शून्य गोलले पराजित गरेको छ । उसलाई जिताउन ड्यानी वेलबेकले दुई गोल र एलेक्जेण्डर लाकाजेट्टीले एक गोल गरेका थिए ।

खेल सुरु भएको ६ मिनेटमै वेलबेकले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । २७ औँ मिनेटमा लाकाजेट्टीले गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए । खेलको पहिलो हाफमा २ विरुद्ध शून्य गोलले अग्रता लिएको आर्सनलका लागि ५० औँ मिनेटमा वेलबेकले व्यक्तिगत दोश्रो गर्दै ३ विरुद्ध शून्य गोलले जित हासिल गरेको थियो । योसँगै आर्सनलको चार खेलबाट ६ अंक भएको छ ।

यसैगरी, गएराति नै भएको अर्को खेलमा टोटनह्यामले एभर्टनलाई पनि ३ विरुद्ध शून्य गोलले पराजित गरेको छ । टोटनह्यामलाई जिताउन ह्यारी केनले दुई तथा क्रिष्टियन एरिक्सनले एक गोल गरेका थिए । टोटनह्याम चार खेलबाट ७ अंकसहित पाँचौँ स्थानमा रहेको छ । त्यस्तै गएराति नै भएको खेलमा ब्राइटनले वेष्ट ब्रोमलाई ३–१ गोलले पराजित गरेको छ । प्रिमियर लिगमा ब्राइटनको यो पहिलो जित हो ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....